Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रगत नपाउँदा सोलुखुम्बुमा सुत्केरीको मृत्यु

सोलुखुम्बु । अत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जानकारी दिएको छ।

अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिएकी राईको सोमबारमृत्यु भएको थियो। साल अड्किएकाले अत्यधिक रक्तस्राव भएको मेडिकल अधिकृत केसीले बताए।

तत्काल रगत आवश्यक परे पनि उपलब्ध नहुँदा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् रन्दीप राईले बताए। अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077