Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्कियो : ३ जनाको मृत्यु, २७ घाइते

नवलपरासी पूर्व — मंगलबार बिहान महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ। सो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको हो। ज्यान गुमाउनेहरुको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्। थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077