Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वसाधारणलाई पनि छाडेनन् तालिबानहरुले, पन्जशिरमा २० जनाको हत्या

एजेन्सी । तालिबान र उसका विपक्षीबीच युद्ध भएको अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएका छन् ।

उक्त उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले विवरणहरू प्राप्त गर्न गाह्रो भए पनि  तालिबानले सर्वसाधारणको हत्या गरेको प्रमाण बीबीसीले पुष्टी गरेको छ ।

पन्जशिर उपत्यकाको धुलाम्य सडकको एउटा भिडिओ फुटेजमा सैन्य पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुहरूले घेरेको देख्न सकिन्छ।त्यसपछि गोलीको आवाज सुनिन्छ र उनी जमिनमा ढल्छन्।

सैन्य पोसाक उक्त क्षेत्रमा सामान्य रहेकाले ती व्यक्ति लडाकु समूहका सदस्य हुन् वा होइनन् भन्ने कुरा स्पष्ट छैन। भिडिओमा घटनाका बेला नजिकै रहेका एकजनाले मारिएका व्यक्ति सर्वसाधारण रहेको बताएका थिए। बीबीसीले पन्जशिरमा कम्तीमा २० जना मारिएको पुष्टि गरेको छ।

तीमध्ये एक दुई सन्तानका बाबु अब्दुल सामी पसल चलाउँथे। स्थानीय स्रोतका अनुसार तालिबानले आफ्नो पकड बनाउँदै गर्दा उनी 'आफू मात्र एक गरिब दोकानदार रहेको र युद्धसँग कुनै साइनो नरहेको' बताउँदै त्यहाँबाट नभागी बसेका थिए।

तर, उनलाई तालिबान सत्ताको प्रतिरोध गरिरहेका लडाकुहरूलाई सीमकार्ड बेचेको आरोप लगाउँदै पक्राउ गरिएको थियो। त्यसको केही दिनपछि मृत शरीर उनको घर नजिकै पुर्‍याएर छाडिएको थियो।

उनको मृत शरीर देख्नेहरूका अनुसार उनलाई यातना दिएको सङ्केत देखिएको थियो। (बीबीसी नेपाली )

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077