Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लाखौंको चेक बाउन्स मुद्धाका फरार सुन्दास पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर मुद्दा (चेक बाउन्स)मा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्ला जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दास रहेका छन् । सुन्दासलाई सीआईबीको टोलीले सोमबार काठमाडौँस्थित सुन्दरीजलबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार पक्राउ परेका सुन्दासलाई २०७७।१२।०८ गते उच्च अदालत पाटनबाट ७ दिन कैद सजाय र ७ लाख जरिवानाको फैसला सुनाईएको थियो।

अदालातको उक्त फैसलापछि फरार रहेका सुन्दासले पीडीतलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपछि झुक्याएर लक्ष्मी बैंकको चेक दिएको सीआईबीका एसपी कमल थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार सुन्दासलाई बैंकिङ्क कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सजाय माग गर्दै ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077