Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जग्गा पास गरिदिने भन्दै ६९ लाख ठगी गर्ने कटुवाल पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले ६८ लाख ९० हजार रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्।

पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान न.पा. ९ घर भई हाल काठमाडौँ  बस्ने ३६ बर्षीय रुसिल कटुवाल रहेका छन् । कटुवाललाई महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो। यस्तै, फरार हुनेमा नुवाकोट जिल्ला घर भइ तारकेश्वर २ बस्ने धिरजकुमार दाहाल रहेका छन्।

महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ परेका कटुवाल र दाहालले मिलेर सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीलाई मोरङ केरावारीमा रहेको जग्गा बिक्रि गर्ने बिषयमा बैनामार्फ़त ६८ लाख ९० हजार लिएर फरार रहेका थिए।

उनीहरुविरुद्द  ठगीको आरोपमा महाशाखामा उजुरी परेको थियो । कटुवाल र दाहाल मिलेर पीडित अधिकारीलाई जग्गा पास गर्दिने भन्दै ठगी गरेको एसपी कोइरालाले बताए ।

पक्राउ परेका कटुवाललाई आवश्यक थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगरमा पठाएको र फरार रहेका दाहालको खोजी भइरहेको एसपी कोइरालाले जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077