Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओमानलाई नेपालको बलियो लक्ष्य, चम्किए आसिफ

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको एकदिवसीय क्रिकेट खेलमा नेपालले ओमानलाई बलियो लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको हो।

नेपालले ओभरमा ४७.४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन बनायो। नेपालका लागि आरिफ शेखले ९० रनको सानदार पारी खेले। उनले १ सय १२ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए। सन्दीप लामिछाने १६ रनमा रन आउट हुँदा सोमपाल ७ रनमा रनआउट भए। विनोद भण्डारीले ६ रन, कुशल मल्लले ४ रन, करन केसीले २१ र सुशन भारीले २ रन बनाए।

बलिङतर्फ ओमानका बिलाल खान एक्लैले ४ विकेट लिए। उनले १० ओभरमा ४७ रन खर्चिएका थिए। त्यस्तै, नेस्टर धाम्बाले २ विकेट लिए। जिशान मसूद र मोहम्मद नादिमले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077