Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सोमपालले एकै ओभरमा ओमानलाई ३० रन दिए, करण पनि चुटिए

काठमाडौं – विश्वकप क्रिकेट लिग २ अन्तर्गतको एकदिवसीय क्रिकेट खेलमा नेपाल र ओमानबीचको खेल जारी छ। नेपालले दिएको १ सय ९७ रन लक्ष्य पछ्याएको ओमानले उत्कृष्ट शुरुवात गरेको छ।

नेपालका फास्ट बलर सोमपाल कामी चुटिएका छन्। सोमपालले एकै ओभरमा ३० रन खर्चिएका छन्। पाँचौं ओभरमा उनले ३० रन दिएका हुन्। ओभरको सबै बलमा जतिन्दर सिंहले बाउण्ड्री हानेका छन्। आभेरको पहिलो बलमा सोमपालले छक्का खाए।

दोस्रो बलमा ४ खाएका उनले तेस्रो बलमा फेरि छक्का खाए। चौथो र पाँचौं बलमा चौका दिएका सोमपालले छैटौं बलमा फेरि छक्का दिएका थिए। अर्को एउटा ओभरमा करण केसी पनि चुटिएका छन्। उनले ८ औं ओभरमा २० रन दिएका छन्।

ओमानका जतिन्र सिंह आक्रामक देखिएका छन्। उनले हाल २८ बलमा १० चौका र ५ छक्काका साथ ७४ रन बनाइसकेका छन्। ओमानले ८ ओभर सकिँदा १ विकेटको क्षतिमा ९३ रन बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077