Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओमानसँग नेपालको नमिठो हार

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग हारेको छ। मंगलबार भएको खेलमा नेपाल ५ विकेटले हारेको हो।

नेपालले दिएको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। ओमानका लागि जतिन्दर सिंहले विस्फोटक ब्याटिङ गर्दै १०७ रनको शतकीय पारी खेले। उनले ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरे। जतिन्दरले सोमपाल कामीको एकै ओभरमा लगातार बाउन्ड्री हान्दै ३० रन बनाएका थिए।

त्यस्तै अर्का खेलाडी आयन खानले १८ रन, सुरज कुमारले २० रन, शोयम खानले ७, जिसन मसुदले ४ रन बनाउँदा मोहम्मद नादिमले ३८ रन बनाए।

बलिङमा नेपालका करण केसी र कुशल मल्लले २–२ विकेट लिँदा सुशन भारीले एक विकेट लिए।  त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन बनायो।

नेपालका लागि आरिफ शेखले ९० रनको सानदार पारी खेले। उनले १ सय १२ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए।

सन्दीप लामिछाने १६ रनमा रन आउट हुँदा सोमपाल ७ रनमा रनआउट भए। विनोद भण्डारीले ६ रन, कुशल मल्लले ४ रन, करन केसीले २१ र सुशन भारीले २ रन बनाए।

बलिङतर्फ ओमानका बिलाल खान एक्लैले ४ विकेट लिए। उनले १० ओभरमा ४७ रन खर्चिएका थिए। त्यस्तै, नेस्टर धाम्बाले २ विकेट लिए। जिशान मसूद र मोहम्मद नादिमले एक–एक विकेट लिए। यसअघि सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077