Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण मुद्दा , प्रमाणित भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने

    शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण मुद्दा , प्रमाणित भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.3K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले इलाका प्रहरी कार्यालय बुटवलमा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् ।

    वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ ।



    वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा उनले अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन् ।



    बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीले वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको पुष्टि गर्दै बुटवलको साटो घटनास्थल दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।

    वली तत्कालीन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद हुन् । माओवादी र एमाले नेकपाबीचको एकता भंग भएपछि उनी कहिले माओवादी, कहिले एमालेमा बसाइ सर्दै आएकी छन् । अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई सत्ताच्यूत गर्न भूमिका निर्वाह गरेकी उनी हाल माओवादीमा छिन् ।

    अपहरण प्रमाणित भएमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार