Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्वास्थ्य मन्त्रालयबाट ५० करोड गायव

    स्वास्थ्य मन्त्रालयबाट ५० करोड गायव

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुदान लिएका झण्डै चार दर्जन संस्थाहरुले करोडौं रकम हिनामिना गर्दा समेत सम्बन्धित निकायले चसो नदेखाउँदा मन्त्रालयको लगानी बालुवामा पानी जस्तै बनेको छ । मन्त्रालयबाट अनुदान लिएर त्यसको हिसाब फर्छ्यौट नगर्ने एनजिओ तथा सामुदायिक अस्पतालहरुको बेरुजु ५० करोडमाथि रहेको छ ।

    मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि ०७६/०७७ सम्म ४६ वटा विभिन्न सामुदायिक अस्पताल र एनजिओहरुले मन्त्रालयबाट लिएको अनुदानमध्येबाट ५० करोड १९ लाख ९१ हजार ७ सय १६ रुपैयाँ बेरुजु छ । यसरी करोडौं रकम बेरुजु हुँदा पनि मन्त्रालयले तिनै संस्थाहरुलाई पुनः रकम अनुदान दिंदा हिनामिना भएको हो ।



    पछिल्ला ८ वर्षमा विभिन्न संस्थाहरुले पटक-पटक गरी झण्डै एक अर्ब रुपैयाँ अनुदान लिएका थिए । जसमध्ये ४६ वटा संस्थाले ५० करोड १९ लाख ९१ हजार ७ सय १६ रुपैयाँको हिसाब किताब नै बुझाएका छैनन् । हिसाब नबुझाउने अधिकांश संस्थाले दुई पटकभन्दा बढी अनुदान लिएका छन् । हिसाब किताव नबुझाउने संस्थाहरुलाई नै मन्त्रालयले पुनः अनुदानमा रकम दिएकाले ठूलो आर्थिक चलखेल भएको मन्त्रालय स्रोतको दावी छ । आर्थिक चलखेलकै कारण हिसाब नबुझाउनेहरुले पनि पुनः अनुदान पाएको स्रोतले दावी गरेको हो ।



    ४६ वटा संस्थामध्ये हेल्थकेयर फाउण्डेसन नेपालको सबैभन्दा बढी बेरुजु छ । उसको एउटै संस्थाले दुई वटा नाममा ९ करोड अनुदान लगेर त्यसको हिसाब नै बुझाएको छैन् । मन्त्रालयकाअनुसार उक्त संस्थाले राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको नाममा २०७५/७६ को ३ करोड रुपैयाँ अनुदान लिएको थियो । त्यसको हिसाब नबुझाइकनै आर्थिक वर्ष २०७६/०७७ मा थप ६ करोड रुपैयाँ अनुदान लगेको छ । यी दुवै आर्थिक वर्षको हिसाब किताब फर्छ्यौट गरेको छैन ।

    त्यसैगरी धुलिखेल सामुदायिक अस्पतालले पनि तीन आर्थिक वर्षमा ८ करोड ९४ लाख ८० हजार रुपैयाँ अनुदान लिएकोमा कुनै पनि हिसाब मन्त्रालयलाई बुझाएको छैन । यस्तै, बीएण्डबी अस्पतालका सञ्चालक डा. अशोक बाँस्कोटा फाउण्डर रहेको बनेपास्थित बिकलांग मित्र समूहले लिएको ४ करोड रुपैयाँ अनुदानको पनि हिसाब बुझाएको छैन । त्यसो त कांग्रेस नेतृ सितादेवी यादवका श्रीमान स्व. चन्द्रनारायण यादवको स्मृतिमा स्थापना भएको सिरहास्थित चन्द्रनारायण मेमोरियल ट्रष्ट अस्पताल ले पनि दुई आर्थिक वर्षमा ३ करोड रुपैयाँ लिएकोमा बेरुजु फर्छ्यौट गरेको छैन ।

    यी हुन् बेरूजु फर्छ्यौट नगर्ने ४६ संस्था
    १. रेयुकाई मासुनामा आँखा अस्पताल – २०७४/०७५ र ०७५/०७६ को १ करोड ८७ लाख ५६ हजार रुपैयाँ
    २. राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र – २०७५/७६ को ३ करोड रुपैयाँ ।
    ३. स्पाइनल इन्जुरी पुनः स्थापना केन्द्र काभ्रे – २०७४/०७५ को ३० लाख १७ हजार रुपैयाँ
    ४. हेल्थकेयर फाउण्डेसन नेपाल – २०७६/०७७ को ६ करोड रुपैयाँ
    ५. सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल – ०७४/०७५ को २९ लाख ५६ हजार रुपैयाँ
    ६. सामुदायिक प्राकृतिक चिकित्सालय नवलपरासी – २०७४/०७५ र ०७६/०७७ को ८३ लाख २५ हजार रुपैयाँ ।
    ७. सुजुङ अस्पताल दीपायल डोटी – ०७४/०७५ को ३३ लाख २५ हजार रुपैयाँ
    ८. सुष्मा कोइराला मेमोरियल अस्पताल – ०७४/०७५ को ३५ लाख १० हजार रुपैयाँ
    ९. शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र नवलपरासी – ०७४/०७५ को ३३ लाख ८७ हजार रुपैयाँ
    १०. सहोदर अस्पताल लमजुङ – ०७४/०७५ को ३० लाख ७९ हजार रुपैयाँ
    ११. शहीद मेमोरियल अस्पताल सहकारी संस्था कलंकी – ०७१/०७२ को ९० लाख ४१ हजार रुपैयाँ
    १२. ओमरारा हेल्थ फाउण्डेसन मुगु – ०७३/०७४ को ७९ लाख ९२ हजार रुपैयाँ
    १३. आँपपिपल अस्पताल गोरखा – ०७३/०७४ को ९१ लाख ११ हजार रुपैयाँ
    १४. आँधीखोल विकास तथा वातावरण स्वच्छता समूह स्याङजा – ०७३/०७४ र ०७४/०७५ को ९२ लाख ८७ हजार ५ सय रुपैयाँ
    १५. आईएनएफ साइनिङ अस्पताल बाँके – ०७४/०७५ को ४० लाख ६४ हजार रुपैयाँ
    १६. अपी अस्पताल डडेल्धुरा अमरगढी – ०७३/०७४ को १ करोड २३ लाख रुपैयाँ
    १७. भक्तपुर क्यान्सर अस्पताल – ०७४/०७५ को २९ लाख ५६ हजार रुपैयाँ
    १८. नेपाल अपांग संघ – ०७६/०७७ को ७२ लाख रुपैयाँ
    १९. नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी  ०७४/०७५ र ०७५/०७६ को ५९ लाख ४० हजार रुपैयाँ
    २०. नेपाल चिकित्सक संघ – ०७५/०७६ को ९९ लाख ३० हजार रुपैयाँ
    २१. नेपाल हृदयरोग प्रतिष्ठान – ०७१/०७२ को १३ लाख ४२ हजार ३ सय ४९ रुपैयाँ
    २२. नेपाल नेत्रज्योति संघ उदयपुर – ०७५/०७६ को १ करोड रुपैयाँ
    २३. नमुना सामुदायिक अस्पताल विकास समिति लमजुङ – ०७३/०७४ को ३७ लाख ५६ हजार रुपैयाँ
    २४. जनसेवा सामुदायिक अस्पताल खोटाङ – ०७३/०७४ को ७५ लाख रुपैयाँ
    २५. जन्मभूमी स्वास्थ्य र विकास सहकारी संस्था – ०७१/०७२ को २९ लाख ९९ हजार ७ सय रुपैयाँ
    २६. जलजला सामुदायिक अस्पताल रोल्पा – ०७४/०७५ को ३१ लाख ४० हजार रुपैयाँ
    २७. बयलपाटा अस्पताल अछाम – ०७४/०७५ को ५२ लाख ९६ हजार रुपैयाँ
    २८. पन्चकन्या कम्युनिटी अस्पताल नुवाकोट – ०७४/०७५ को ३५ लाख १० हजार रुपैयाँ
    २९. सिद्धि स्मृति प्रतिष्ठान भक्तपुर – ०७४/०७५ को २५ लाख ५० हजार रुपैयाँ
    ३०. डिसिडब्लुसी सामुदायिक अस्पताल काभ्रे – ०७३/०७४ र ०७४/०७५ को १ करोड १० लाख ७१ हजार रुपैयाँ
    ३१. दियालो सामुदायिक अस्पताल – ०७४/०७५ को ३० लाख ८९ हजार रुपैयाँ
    ३२. निजगढ सामुदायिक अस्पताल बारा – ०७४/०७५ को २७ लाख ७१ हजार रुपैयाँ
    ३३. बिकलांग मित्र समूह – ०७६/०७७ को ४ करोड रुपैयाँ
    ३४. पिपुल्स सामुदायिक अस्पताल लम्की – ०७४/०७५ को ३३ लाख २५ हजार रुपैयाँ
    ३५. युनाइटेड मिसन अस्पताल पाल्पा – ०७३/०७४ र ०७४/०७५ को १ करोड १३ लाख २९ हजार रुपैयाँ
    ३६. एपेक्स बडी फर आइ हेल्थ – ०७५/०७६ र ०७६/०७७ को ३३ लाख २७ हजार रुपैयाँ
    ३७. चौरजहारी अस्पताल रुकुम – ०७३/०७४ र ०७४/०७५ को १ करोड ७० लाख ८६ हजार रुपैयाँ
    ३८. चन्द्रनारायण यादव मेट्रानिटी अस्पताल सिरहा – ०७५/०७६ र ०७६/०७७ को ३ करोड रुपैयाँ
    ३९. कालिका अस्पताल स्याङजा – ०७४/०७५ को ३८ लाख १८ हजार रुपैयाँ
    ४०. कपिलवस्तु सामुदायिक अस्पताल ०७४/०७५ को २८ लाख ९४ हजार रुपैयाँ
    ४१. कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र – २०७१/०७२ को ७ लाख रुपैयाँ
    ४२. गण्डकी ग्रामीण सामुदायिक अस्पताल स्याङजा – ०७४/०७५ को २६ लाख ४८ हजार रुपैयाँ
    ४३. गौतमबुद्ध सामुदायिक मुटु अस्पताल – ०७४/०७५ को ३० लाख १७ हजार रुपैयाँ
    ४४. गुन्जसिंह सामुदायिक अस्पताल चितवन – ०७४/०७५ को ३७ लाख ५६ हजार रुपैयाँ
    ४५. गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र स्याङजा – ०७४/०७५ को २८ लाख ९४ हजार रुपैयाँ
    ४६. धुलिखेल अस्पताल – ०७४/०७५, ०७५/०७६ र ०७६/७७ को ८ करोड ९४ लाख ८० हजार रुपैयाँ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार