Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनमा ठूलो भूकम्प

एजेन्सी । चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। आज बिहान ४ः३३ बजे भूकम्प गएको एपी न्युजले जनाएको छ।

उक्त भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। भूकम्पपछि सबै विवरणहरु प्राप्त भइनसकेको बताइएको छ।
सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ। यस्तै ३५ घर भत्किएका छन्।

भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ। पश्चिमी चीनमा बारम्बार भूकम्पले क्षति गरिरहेको छ।

मे २००८ मा समेत ७.९ म्याग्निच्युडको भूकम्पले सिचुअनमा झण्डै ९०,००० मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077