Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२५ केजी सालकको खपटासहित सोनाम र ध्यानबहादुर पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) २५ केजीसहित दुई जनालाई पक्रउ गरेको छ।

पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला लिखु तामाकोशी गाँउपालिका वडा नं. ३ बस्ने ३८ बर्षीय सोनाम तामाङ र ३२ बर्षीय ध्यान बहादुर तामाङ रहेका छन्।

सीआईबीको टोलीले बिहिबार विशेष सूचनाको आधारमा उनीहरुलाई रामेछापको मन्थलीस्थित देवकोटा चोकबाट पक्राउ गरेको सीआईबीका एसपी श्याम कुमार महतोले जानकारी दिए।

पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, रामेछाप मन्थलीमा बुझाईएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077