Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भारतीय दूतावासमा ‘आजादीका अमृत महोत्सव’ : संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको दाबी

    भारतीय दूतावासमा ‘आजादीका अमृत महोत्सव’ : संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको ‘आजादीका अमृत महोत्सव’को कार्यक्रममा संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको दाबी गरिएको छ।

    गत भदौं २९ गतेदेखि दूतावासमा आयोजना भइरहेको उक्त महोत्सव कार्यक्रममा पाक्षिक हिन्दी कार्यक्रको आयोजना गरिएको छ । जसअनुसार संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको बताइएको हो ।



    ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै आरम्भ गरिएको यस महोत्सवमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो ।



    वेबिनारको सो कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा सरिक रहेका थिए भने हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्राको पनि सहभागिता थियो ।

    त्यस्तै, नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेशको सो वेबिनारमा उपस्थिति थियो । वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

    संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । सोही अवसरमा भारतका गृहमन्त्रीअमित शाह र माननीय विदेशमन्त्री डा एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो।

    पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले २०७८ भाद्र २९ देखि असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम रहेको छ। दूतावासमा कार्यरत भारतीय अधिकारीले ‘राजभाषा प्रतिज्ञा’ लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

    सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार