Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय दूतावासले मनायो ७५औँ गणतन्त्र दिवस

    भारतीय दूतावासले मनायो ७५औँ गणतन्त्र दिवस

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 405
    SHARES

    काठमाडौं । भारतीय राजदूतावासले दूतावासपरिसरमा भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरेका हुन्।



    दूतावासपरिसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवसयता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिको चर्चा गरेकी छिन्।



    उनले भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गरेको भारतीय राजदूतावासले जनाएको छ।

    राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत रहेका वेला मृत्यु भएका गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारहरूलाई पाँच करोड सात लाख रुपैयाँ नगद तथा सम्मानसहित कम्बल वितरण गरे।

    राजदूत श्रीवास्तवले सेवानिवृत्त सैनिकलाई भारत सरकारका तर्फबाट सहयोगको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

    नेपालमा बसोवास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू– २०२४ पत्रिकाको पनि राजदूत श्रीवास्तवले लोकार्पण गरे।

    राजदूत श्रीवास्तवले ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० संस्थालाई १९ लाख रुपैयाँबराबरको पुस्तक उपहारस्वरूप वितरण गरेका छन्। कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार