Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय राजदूतावास र अर्थ मन्त्रालयबीच परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा

    भारतीय राजदूतावास र अर्थ मन्त्रालयबीच परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 573
    SHARES

    काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयबीच परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक भएको छ । भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तव र नेपाली टोलीको नेतृत्व नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन् ।

    भारतीय राजदूतावासका अनुसार बैठकमा विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको छ । बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको थियो ।



    यस्तै बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए ।



    यता अर्थमन्त्री डा. महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारे । उनले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

    उक्त बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागीता रहेको थियो । भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो ।

    सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ । विकास साझेदारी अन्तर्गतका परियोजनाहरु भौगोलिक रुपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार