Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतीय राजदूतावासले मनायो ७४ औं गणतन्त्र दिवस

    भारतीय राजदूतावासले मनायो ७४ औं गणतन्त्र दिवस

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 609
    SHARES

    काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ ।

    बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा भारतको ७४ औं गणतन्त्र दिवस मनाएको हो ।



    सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।



    साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

    त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

    दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार