Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकाले सामना गर्दैछ। सिरिजमा यो नेपालको तेस्रो खेल हो।

खेल अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ। अमेरिकाविरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो। आजको खेलमा पनि नेपाल जितको खोजीमा रहनेछ।

पहिलो खेलमा अमेरिकालाई पराजित गरे पनि दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो। ओमानसँग पराजित भए पनि अमेरिकाविरुद्धको खेलमा नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिनेछ।

यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो। लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्। लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।

नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन जितको आवश्यकता रहको छ। खेलहरु बाँकी नै रहे पनि अहिलेदेखि सुखद नतिजा निकाल्न सकेमा त्यसले विश्वकप छनोट खेल्ने सम्भावनालाई थप बलियो बनाउने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077