Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एशिया प्रशान्त व्यापार सम्झौतामा सामेल हुन चीनले दियो आवेदन

    एशिया प्रशान्त व्यापार सम्झौतामा सामेल हुन चीनले दियो आवेदन

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। चीनले एशिया प्रशान्त क्षेत्रमा आफ्नो स्थिति अझ सुदृढ पार्न एशिया प्रशान्त व्यापार सम्झौतामा सामेल हुन आवेदन दिएको छ।

    अमेरिका, ब्रिटेन र अष्ट्रेलियाले एक दिन अगाडी यस क्षेत्रमा एक ऐतिहासिक सुरक्षा सम्झौता गरेपछि चीनले यो कदम उठाएको हो। ‘औकस’को नामले चिनिने यो सम्झौताको पछाडि अमेरिकाको उद्देश्य यो क्षेत्रमा चीनको प्रभाव कम गर्नु  रहेको बताइएको छ।  चीनको प्रभुत्व अन्त्य गर्नको लागी ट्रान्स-प्यासिफिक पार्टनरशिप (सीपीटीपीपी) को लागि व्यापक र प्रगतिशील सम्झौताको नाममा अमेरिकाद्वारा शुरू भएको सम्झौता हो यो ।



    चीनका वाणिज्य मन्त्री वाङ वेन्टाओले  संसारको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्रले न्यूजील्याण्डका व्यापार मन्त्री डेमियन ओ’कनरलाई स्वतन्त्र व्यापार सम्झौताको लागी आवेदन दिएको वताए ।



    चीनले सीपीटीपीपीमा सामेल हुने आधिकारिक घोषणा बेलायत, अमेरिका र अष्ट्रेलियाले एक दिन अघि एक ऐतिहासिक सुरक्षा सम्झौताको बारेमा विश्वलाई बताएको थियो।

    यो सम्झौताले अष्ट्रेलियालाई पहिलो पटक परमाणु-सक्षम पनडुब्बी निर्माण गर्न अनुमति दिनेछ, जसको टेक्नोलोजी अमेरिका र बेलायतले प्रदान गर्नेछ।

    विश्लेषकहरुका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स र अन्य टेक्नोलोजी पनि यस सम्झौता अन्तर्गत आउनेछन् र यो धेरै दशकहरुमा अष्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्झौता हो।

    चीनले औकसको निन्दा गर्दै यसलाई ‘अत्यन्त गैरजिम्मेवारपूर्ण र संकीर्ण सोच’ भन्दै आएको छ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लेजियानले यो गठबन्धनले ‘क्षेत्रीय शान्तिलाई गम्भीर क्षति पुर्‍याउने र हतियारको दौडलाई बढाउने’ बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार