Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२५ लाखको चेक बाउन्स मुद्दाका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर मुद्दा (चेक बाउन्स)मा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी -१० घर भई हाल भक्तपुर मध्यपुरठिमी -९ बोडे बस्ने  ३२बर्षीय हिरालाल श्रेष्ठ रहेका छन्। श्रेष्ठलाई सीआईबीको टोलीले शुक्रबार ललितपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई गत असार २९ गते उच्च अदालत पाटनबाट १० दिन कैद सजाय र पच्चीस लाख जरिवानाको फैसला सुनाईएको थियो।

अदालातको उक्त फैसलापछि फरार रहेका श्रेष्ठले पीडीतलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपछि झुक्याएर सेन्चुरी एसिया बैंकको चेक दिएको सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोले जानकारी दिए ।

एसपी महतोका अनुसार खड्कालाई बैंकिङ्क कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सजाय माग गर्दै अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077