Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल भर्सेस अमेरिका : नेपाललाई पहिलो झट्का, आशिफ शेख ३ रनमै आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अहिले नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ । सिरिजमा यो नेपालको तेस्रो खेल हो।

खेल ओमनस्थित अल अमिरात क्रिकेट मैदानमा शुरु भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अमेरिकाविरुद्ध एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएको छ । राष्ट्रिय टिममा गुलशनको यो डेब्यु समेत हो ।

अहिले यो समाचार तयार पार्दासम्म नेपालले २.५ ओभरको समाप्तिमा ५ रन जोडेर एक विकेट गुमाएको छ। आसिफ शेख ३ रनमा फिलिपको बलमा क्याच आउट भएका हुन्।

यसअघि भएको अमेरिकाविरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077