Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनपछि रुसले खुलेर तालिबानलाई समर्थन गर्‍यो , भारतमाथि थपियो चुनौती

एजेन्सी। अफगानिस्तानमा तालिवानको कब्जासँगै  धेरै देशहरुले तालिबान सरकारलाई मान्यता दिएका छैनन। जबकि केहि देशहरु तालिबानसँग राम्रो सम्बन्ध बिस्तार गर्नतिर लागेका छन्। चीन र पाकिस्तानपछि अब रुसले तालिबानसंग सकारात्मक सम्बन्ध शुरू गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै  रुसले तालिबानसँग मिलेर काम गर्नुपर्ने वताएका छन्। पुटिनले चीन र रुसको नेतृत्वमा रहेको सुरक्षा समूह शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा यस्तो बताएका हुन्। ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित सम्मेलनमा पुटिनले भिडियो लिंकको सहयोगमा बोले। चीन पछि रूस यस्तो शक्तिशाली देश हो, जसले तालिबानलाई खुलेर समर्थन गरेको छ।

अफगानिस्तानबाट अमेरिकाको फिर्ता पछि, चीन र रूस यस देशमा आफूलाई स्थापित गर्नको लागि प्रयास गरिरहेका छन् । यसका लागि चीनले पहल गरिसकेको छ। युरोप र एसियामा आफ्नो प्रभाव बनाउन चीन आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्वाकांक्षी परियोजनामा ​​काम गरिरहेको छ।

यसको एउटा हिस्सा चीन पाकिस्तान आर्थिक कोरिडोर हो। इरान, रसिया, ताजिकिस्तान जस्ता देशहरुले यस ब्यापारिक नेटवर्कको सम्बन्धमा हालैका बर्षहरुमा आफ्नो चासो देखाएका छन्। तर अमेरिकी कब्जाको कारण, अफगानिस्तान यस परियोजनाको एक हिस्सा बन्न सकेन।

अब अमेरिकाको प्रस्थान पछि, चीनले तालिबानसंग मिलेर, यो आफ्नो परियोजना पूरा गर्न सक्ने आशा गरेको छ। तर, चीनको लागि धेरै चुनौतीहरु छन्।  रूसको बारेमा कुरा गर्छौं, तब मध्य एशियाका देशहरुमा अमेरिकी सेनाको उपस्थितिको अन्त्य पछि अफगानिस्तानमा रुसले आफ्नो प्रभाव बढाउन सक्छ।

अफगानिस्तानमा अपार खनिज संसाधनको उपस्थिति पनि एक ठूलो कारक हुन सक्छ। काबुलमा रुसी कूटनीतिज्ञले तालिबानलाई साधारण मानिस भन्दै अफगानिस्तानको राजधानी पहिलेको तुलनामा धेरै सुरक्षित भएको बताएका छन्। भारतले भने अहिलेसम्म तालिवान सरकारलाई मान्यता दिएको छैन।

भारतका दुश्मन देशहरु पाकिस्तान र चीनले शुरुदेखि नै तालिवानलाई समर्थन गरेका थिए। अहिले रुसले पनि तालिवानलाई समर्थन गरेका कारण भारतमाथि चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077