Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अमेरिकासँग पहिलोपटक ओडिआई खेलमा हार्‍यो नेपाल

    अमेरिकासँग पहिलोपटक ओडिआई खेलमा हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं  । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको खेलमा नेपाल अमेरिकासँग हारेको छ। शुक्रबार राति भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।

    योसँगै अमेरिका विश्वकप लिग २ मा लगातार ६ हारमा पूर्णविराम लगाएको छ। नेपालले ओडिआईमा अमेरिकासँग पहिलो पटक हारेको हो।



    जितका लागि १ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। अमेरिका जितमा स्टिभ टेलरले ६३ बलमा १२ चौका र ३ छक्का सहित सर्वाधिक ९२ रनको योगदान दिए। आफ्नो ओडिआई करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई सहज जित दिलाउन टेलरले महत्वपूर्ण योगदान दिए।



    जसकरण मल्होत्रा ३२ बलमा २ चौका र ३ छक्का सहित ३६ रनमा अविजित रहे। त्यस्तै मोनांक पटेल ७० बलमा १ चौका सहित ३८ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछाने र करण केसीले दुई दुई विकेट लिए।

    त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए।

    ज्ञानेन्द्रले ९१ बलमा ओडिआई करिअरको तेस्रो अर्धशतक प्रहार गरेका थिए। ज्ञानेन्द्र नेपालबाट ओडिआईमा तेस्रो अर्धशतक प्रहार गर्ने रोहित कुमार पौडेलपछि दोस्रो खेलाडी हुन्। ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका छन्।

    ज्ञानेन्द्रले १५ खेलमा ३ अर्धशतक सहित कुल १ हजार ३ सय ६६ रन बनाएका छन्। ज्ञानेन्द्र अघि पूर्व कप्तान पारस खड्काले १० खेलमा १ हजार ३ सय १५ रन बनाएका थिए।

    त्यस्तै कुशल भुर्तेलले ३६ रन बनाउँदा गुल्सन झाले २८ रन बनाए। अन्य ब्याट्सम्यानले गतिलो रन जोड्न सकेनन्। अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए। काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए। करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए।

    नेपालले ओडिआई खेलमा अमेरिकासँग पहिलो पटक पराजित भएको हो। यसअघि खेलेका तीनै खेलमा नेपालले अमेरिकामाथि सहज जित हात पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार