Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संसद विघटनको बदर गर्ने न्यायाधीशहरुको पदकमा एमालेको असन्तुष्टि, मेडल फिर्ता गर्न आग्रह

    संसद विघटनको बदर गर्ने न्यायाधीशहरुको पदकमा एमालेको असन्तुष्टि, मेडल फिर्ता गर्न आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई मानपदवी दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले भने, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो,’ उनले भने,



    यस्तै, नेता नेम्वाङले मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह समेत गर्दै भने, ‘उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसैले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको मेडल हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस् ।’



    आज सरकारले संविधान दिवसको अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेको छ, जसमा ५ पुस २०७७ को प्रतिनिधिसभा संसद विघटनबदर गर्ने संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीशहरु पनि रहेका छन्।

    जसमध्ये प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप, न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार