Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संविधानको पुनर्लेखन आवश्यक : प्रभु साह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवस मनाइरहँदा उनकै दलका एक नेताले भने संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका एमाले नेता प्रभु साहले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् । सातौँ संविधान दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमा उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताए ।

'संविधानको पुनर्लेखन आवश्यक
मुलुकमा राजनीतिक संकट गहिरिदै गएको सन्दर्भमा वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी छ । दुनियाँमा कहिँ नभएको गलत प्रावधानहरु नेपालको संविधानमा षडयन्त्रपूर्ण ढंगबाट जबरजस्ती समाविष्ट गराएकैं कारण आजको जटिल अवस्था सृजना भएको हो ।

नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने, दोहोरो नागरिकता सम्बन्धि गलत व्यवस्था गर्ने, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र राख्ने, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँड गर्ने, दलाल जन्माउने निर्वाचन प्रणाली, अस्थिरता र विभेद बढाउने शासन प्रणाली जस्ता अस्वभाविक गलत प्रावधानहरुले गर्दा नै आज देश अस्तव्यस्त एवं अन्योलग्रस्त भएको छ ।

संविधानमा रहेका यी गम्भीर त्रुटीहरु नसच्याएसम्म वास्तविक अर्थमा संविधान दिवसको औचित्य रहदैन । तसर्थ, संविधान कार्यान्वयनको ७ वर्षको अनुभवको आधारमा लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवम् समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको माग अनुरुप संविधानको पुनर्लेखन गरि देशलाई सहि दिशा निर्देश गरौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077