Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओमान १ सय २१ रनमा अलआउट, नेपालका कसले कति विकेट लिए ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तरगतको खेलमा ओमानले नेपाललाई १ सय २२ रनकाे लक्ष्य दिएको छ। नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १२१ रनमा अल आउट भएको हो।

नेपालको बलिङमा सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको हो। यस्तै शरद भेषावकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए।

ओमानका लागि जिसन महसुदले ४१ रन बनाए। त्यसैगरी जितेन्दर सिंहले १४ र नमिस खुशीले १२ रन बनाएका थिए। नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो। सिरिजको अर्को खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले अमेरिकासँगको दोस्रो खेलमा ६ विकेटको हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077