Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुँदैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनका लागि ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग बोल्दै यादवले यस अध्यादेशले लोकतन्त्रलाई अस्थिर बनाउने काम गरेको भन्दै अध्यादेश गलत भएको बताए।

'दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने र राजनीतिक विकृति फैल्याउने अध्यादेश गलत छ', अध्यक्ष यादवले भने, ' यसले लोकतन्त्रलाई अस्थिर बनाउने काम गर्छ ।'

यादवले अध्यादेश खारेज भएपछि मात्र सरकारले पूर्णता पाउने बताए। 'दलसम्बन्धी अध्यादेश खारेज हुन्छ। त्यो हुनेबित्तिकै मन्त्रिषरिषद्को विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ', उनले भने।

सरकारले गत साउनमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077