Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यस्तो छ एमालेले नेता-कार्यकर्ताहरुका लागि जारी गरेको १५ बुँदे आचारसंहिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले नेता तथा कार्यकर्ताका लागि १५ बुँदे आचारसंहिता जारी गरेको छ।

आगामी १५–१७ असोजमा आयोजना हुने एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताका लागि १५बुँदे आचारसंहिता पेस गर्दै विपक्षी गठबन्धनमा लाग्ने नेता कार्यकर्तालाई पनि कारवाही गरिने प्रस्ताव पेस गरेका छन्।

यस्तै, आचारसंहितामा पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति पनि प्रस्ताव गरिएको छ।

यस्तो छ १५ बुँदे आचारसंहिता  


  1.  पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको।

  2.  पार्टीभित्र गुटबन्दी तथा षडयन्त्र गरेका वा विपक्षीलाई सहयोग पुर्‍याएकोमा वा पार्टीविरुद्ध शत्रुवत् व्यवहार गरेको ।

  3.  पार्टी निर्णय उल्लङ्घन गरेको ।

  4.  पार्टीप्रति निष्ठा र विश्वास नरहेको ।

  5.  पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ।

  6.  पार्टी कमिटीको गोपनीयता भंग गरेको ।

  7.  पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गरेको ।

  8.  कुनै पनि जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेको, पार्टीको उम्मेदवार बिरुद्धप्रचार गरेको वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेको।

  9.  सरकार, केन्द्रीय वा प्रदेश र स्थानीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय वा निर्देशन विपरीत कार्य गरेको ।

  10.  नैतिकपतन देखिने, फौजदारी कसुर गरेका वा भ्रष्ट क्रियाकलाप गरेका वा अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रको हितविपरित काम गरेको ।

  11.  पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेश गरेको वा स्रोत खुलाउन नचाहेको ।

  12.  पदीय आचारण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता या पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भएको ।

  13.  छुवाछुत वा जातीय भेदभाव वा लैङ्गिक हिंसाजन्य क्रियाकलाप गरेको।

  14.  पार्टीको विधान या नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालन गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरेको ।

  15.  सार्वजनिक नैतिकता वा सदाचारको उल्लंघन गरेका वा निजको कामबाट पार्टीको साखमा प्रतिकूल असर पर्ने कुनै कार्य गरेको ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077