Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी सम्झौता प्रचण्डले गिजोलेको बाँस्कोटाको आरोप

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै कारण अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा पेस हुन नसकेको आरोप लगाएका छन्।

मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले नेता बाँस्कोटाले यस्तो आरोप लगाएका हुन्।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले एमसीसीलाई प्रचण्डले गिजोलेको टिप्पणी गरे । 'एमसीसीको सम्झौता गर्‍या कसले ? देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले ? त्योचाहिँ प्रचण्डले मात्रै हो ।'

यस्तै, उनले प्रचण्डले एमसीसीबारे पदमा हुँदा एउटा कुरा गरेको र पदबाट बाहिर हुँदा अर्को कुरा गरेको भन्दै भने, 'अरुले गिजोलेको होइन, यता गिजोल्याछ, उता गिजोल्याछ’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गर्‍याछ, बाहिर निस्किँदा अर्को कुरा गर्‍याछ । केपी ओली हुँदा एउटा कुरा गर्‍याछ, अर्को कुरा हुँदा अर्को कुरा गर्‍या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077