Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रत्नपार्कमा बसेर ह्वार–ह्वार बाँडेझैं पदक वितरण गरियो : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको दिन वितरण गरिएको पदकबारे चर्को आलोचना गरेका छन् ।

मंगलबार काठमाडौंमा मदन भण्डारीको जीवनीमा आधारित रमेश रुछेन राईद्वारा लिखित 'श्वेतशार्दूल' नामको पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले रत्नपार्कमा बसेर ह्वार–ह्वार बाँडेझैं पदक बाँडेको आरोप लगाए।

‘अस्तिको दिन बितरण गरेको जस्तो पदकहरु हामीले बितरण गरेको भए....बा बा । अहिले त खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, अब कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि पदक दिएको छ, अब कसले बहस गर्ने ? विरोध गर्ने मिडियालाई पनि दिएको छ, कसले विरोध गरिदिने ? कसले बोल्ने ?,’ ओलीले भने.

ओलीले सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तै गरेर ह्वार–ह्वार पदक वितरण गरेको बताए । ‘म प्रधानमन्त्री भएको बेला यसो गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवी, नागरिक के भन्थ्यो ? आज रमाइलो छ, सब चुपचाप छन्, शान्त छ,’ ओलीले भने ।

यस्तै, कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार बनेपछि देशमा दिउँसै ग्रहण लागेको बताए । ‘दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । ग्रहणतिर नहेर्नु, धेरै काम छैन । अशुभ छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077