Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्क बैठकमा तालिबानलाई पनि सहभागी गराउनुपर्ने पाकिस्तानको माग, बैठक नै रद्ध

एजेन्सी । अफगानिस्तानको सत्तामा तालिबानले राज गर्न शुरु गरिसकेको छ। तालिबान एकपछि अर्को प्रान्तमा जित हासिल गर्दै काबुलसम्म पुग्यो र तत्कालिन राष्ट्रपति अरशफ गनी देश छाडेर भाग्न बात्तय भए।

हाल तालिबानले अन्तरिक सरकारको घोषणा गर्दै शासन शुरु गरिसकेको छ। पाकिस्तानबाट तालिबानले सबैभन्दा उत्कृष्ट साथ पाइरहेको छ। उसले तालिबान सरकारलाई विश्वका सबै देशले मान्यता दिनुपर्ने बताउँदै आएको छ।

तालिबानलाई लिएर पाकिस्तानले गरिरहेको एक प्रयास असफल भएको छ। २५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क० को बैठक रद्ध भएको छ। पाकिस्तानले उक्त बैठकमा तालिबानलाई पनि सहभागी गराउनुपर्ने माग राख्दै आएको थियो।

तर सार्कमा सहभागी अधिकांश राष्ट्रहरु पाकिस्तानको उक्त मागविरुद्ध थिए। सार्कका अधिकांश सदस्य राष्ट्रले तालिबान सरकारका विदेशमन्त्रीलाई यस बैठकमा राख्न पाकिस्तानले गरेको माग सम्बोधन गर्न नसकिने बताएपछि नयाँ माग अघि सारिएको थियो।

पाकिस्तानले कुनै पनि हालतमा अफगानिस्तानका अशरफ गनी सरकारका विदेशमन्त्रीलाई उक्त बैठकमा राख्न नहुने सर्त अघि सारेको थियो। अन्य देशहरुले पाकिस्तानको यस सर्तमा पनि असहमति जनाएका छन्। अन्त्यमा २५ सेप्टेम्बरमा हुन लागेको सार्कका विदेशमन्त्रीहरुको बैठक नै रद्ध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077