Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तीव्र गतिको कार गहिरो पानीको खस्यो, अभिनेत्री र उनकी साथीको मृत्यु

एजेन्सी – कार दुर्घटनामा मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको निधन भएको छ। भारतको पुणेमा बस्ने देशपाण्डे र डेगे सवार कार गोवामा गहिरो पानीमा डुबेका कारण उनीहरुको मृत्यु भएको हो।

प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो। ईश्वरीको पहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो।

२५ वर्षीय नायिका तथा उनका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिएको छ।

कार कसले चलाइरहेका थिए भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ। सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो। रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उनीहरुको शव निकाल्न सकिएको थियो।

इश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहेकी थिइन्। मराठी फिल्मको सुटिङ लगभग पूरा भइसकेको थियो र ती चाँडै नै रिलिज हुने तयारीमा थियो। दुबैको हातमा रिस्टब्यान्ड भेटिएको थियो। दुर्घटनाको अघिल्लो रात उनीहरु कुनै क्लबमा गएको हुनसक्ने पनि आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077