Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबान सरकारद्वारा अफगानिस्तानी क्रिकेट बोर्डका प्रमुख बर्खास्त

एजेन्सी – तालिबान सरकारले अफगानिस्तानी क्रिकेट बोर्डका प्रमुख हामिद सिनवारीलाई पदमुक्त गरेको छ। मंगलबार सिनवारीलाई बर्खास्त गद नसिबुल्लाह हक्कानीलाई उक्त जिम्मेवारी दिइएको छ।

हाल क्रिकेट बोर्डका प्रमुख बनेका नसिबुल्लाह हक्कानी समूहका सदस्य हुन्। अफगानिस्तानमा भएका अनेक आक्रमणका लागि हक्कानी समूह जिम्मेवार मानिन्छ। आफूलाई पदमुक्त गरिएको जानकारी सिनवारीले आफैंले दिएका छन्।

आफूलाई प्रमुखबाट हटाउन हक्कानी समूहका शीर्ष नेताले आदेश दिएको उनको दाबी छ। ‘अनास हक्कानीले क्रिकेट बोर्डमा भ्रमण गर्दै अबदेखि कार्यकाल सकिएको जानकारी दिए,’ उनले लेखेका छन्।

अनास तालिबाका शक्तिशाली नेता मानिन्छन्। उनी अफगानमन्त्री सिराजुद्दिन हक्कानीका कान्छा भाइ हुन्। तालिबान सरकारले सबै क्षेत्रमा आफूनिकट व्यक्तिहरुलाई पदस्थापद गर्ने प्रक्रिया जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077