Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महानिर्देशकबाट पोखरेलले राजीनामा दिएपछि उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन्। मंगलबार राजन पोखरेलले प्राधिकरणको महानिर्देशकबाट राजीनामा दिएका थिए।

कानुनको अस्पष्टता र मन्त्रालयको बेवास्ता कारण पोखरेरलले राजीनामा बुझाएका थिए। हाल निमित्त महानिर्देश बनेका क्षेत्री १२ औं तहका हुन्।

उनी प्राधिकरणमा उपमहानिर्देशक थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताको आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077