Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

एजेन्सी । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको एउटा भूकम्प मापन गरिएको छ । भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएका छन्।

स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्सफील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । उक्त स्थान भिक्टोरिया राज्यको राजधानी नजिकै छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोही पनि गम्भीर घाइते भएको विवरण प्राप्त नहुनु सुखद समाचार भएको बताएका छन्।

भूकम्पको धक्का छिमेकी साउथ अस्ट्रेलिया र न्यू साउथ वेल्स राज्यमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पपछि दुइटा साना परकम्प पनि गएका छन्।

केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठूलोमध्येको भूकम्प हो। तर, त्यसबाट खासै ठूलो क्षति भएको जस्तो देखिँदैन।

अमेरिकाबाट बोल्दै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका लागि भूकम्प असामान्य भएकाले 'निकै अशान्तिकारक घटना' हुनसक्ने बताएका छन्। भिक्टोरिया राज्यको आपत्कालीन सेवाले सर्वसाधारण मानिसलाई सम्भावित परकम्पप्रति चनाखो रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077