Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीआईबीद्वारा भक्तमानको अपरहणपछि भारतमा लुक्दै आएका पण्डित ११ बर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न  व्यक्तिलाई ११ बर्षपछि पक्राउ गरेको छ।

सीआईबीले श्रेष्ठको अपहरण र फिरौती प्रकरणपछि भारतमा लुकेर बस्दै आएका नुवाकोट जिल्ला बिदुर न.पा.-१२ मुलाबारी घर भएका ४५ बर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो।

पण्डितलाई सीआईबीको टोलीले मंगलबार नुवाकोटको मुलाबारीबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।

२०६७ जेठ ०४ गते बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. श्रेष्ठलाई चितवनको हाकिम चोकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी १९ दिनसम्म बन्धक वनाएको थियो ।

सीआईबीका अनुसार बन्दक बनाएका श्रेष्ठ एक करोड भन्दा बढी (साँढे ३ किलो सुन)फिरौतीबापत बुझाएर  १९ दिनपछि अर्थात् ०६७ जेठ २२ गते अपहरणमुक्त भएका थिए ।

सोही घटनामा संलग्न पण्डित भारतबाट नेपाल आएको भन्ने सूचनाको आधारमा सीआईबीको टोलीले पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका पण्डितलाई २०७० माघ २१ गते पुनरावेदन अदालत हेटौडाबाट मुलिकी ऐन (२०२०) अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. वमोजिम ७ (सात) बर्ष कैद र सोही महलको ७ नं. वमोजिम २ (दुई) बर्ष थप कैद गरी जम्मा ९ (नौ) बर्ष कैद र पचास हजार जरिवाना ठहर भएको सीआईबीले जनाएको छ।

पक्राउ परेका पण्डितलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077