Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रियंकाकी छोरीले जन्मेकै दिन ‘ड्याडी र मम्मीले मलाई खुशीको पोको भन्नुहुन्छ’ भनेपछि...

काठमाडौं – पछिल्ला समय लकडाउनका कारण फिल्मी क्षेत्र ठप्प भयो। तर केही कलाकारहरु भने निरन्तर चर्चामा रहे। तीमध्ये पनि नायिका प्रियंका कार्की शीर्षस्थानमा रहिन्।

उनी गर्भवती रहेका बेला सामाजिक सञ्जालदेखि मिडियामा धेरै गसिपहरु आए। उनी विवादित बनिन्। कतिले सपोर्ट गरे। कतिले ट्रोल गरे। आज उनले छोरी जन्माएकी छिन्।

छोरीको नाम उनीहरुले आयांका राखेका छन्। उनीले आजै छोरीको नाममा इन्स्टाग्राम अकाउन्ट खोलिदिइन्। गर्भवती हुनासाथै प्रियंका र आयुष्मानले छोरी जन्मने भन्दै ‘आयांका’ नामाकरण गरिसकेका थिए। छोरीका लागि दर्जनौं लुगाफाटा र खेलौना किनेर ल्याइसकेकी इिन् प्रियंकाले।

आज आयांका कार्की जोशी नाममा एक दिनकी प्रियंका पुत्रीको इन्टाग्राम एकाउन्ट खुलेको छ। जन्मिनासाथ आयांकाको पहिलो स्टाटस यस्तो छ, ‘ड्याडी र मम्मीले मलाई उहाँहरुको खुशीको पोको भन्नुहुन्छ, र म असहमत छैन।’

आयांकाको अकाउन्टलाई ६ हजारभन्दा बढीले फलो गरिसकेका छन्। यस विषयमा टिका टिप्पणीहरु आउनै बाँकी होलान्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077