Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री खानले भने, ‘ नेपालसँग सधैं मिलेर काम गर्न चाहन्छौं’

काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री इमरान खान र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीबीच बुधबार इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट भएको छ। भेटमा पाकिस्तानी प्रधानमन्त्री खानले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउन चाहेको बताएका छन्।

प्रधानमन्त्री खानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको पनि जानकारी गराएका छन्। राजदूत अधिकारीका अनुसार प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप सृद्धृढ बनाउँदै मिलेर काम गर्न पाकिस्तान तयार रहेको बताएका हुन्।

भेटमा राजदूत अधिकारीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। त्यस्तै उनले कोभिड–१९ का महामारीक बेला पाकिस्तानी सरकारले नेपाल सरकारलाई गरेको सहयोगको लागि धन्यवाद पनि दिएका छन्।

खानेले राजदूत अधिकारीमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077