Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

औषधि पसल देखाएर लागुऔषधको धन्दा, सञ्चालक पक्राउ

दाङ । अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सुनारले अवैध लागुऔषध बिक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो।

निजको साथबाट प्रहरीले रु एक लाख १६ हजार ८५० नगद, प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट, एन्टिटीसिभ ट्याब्लेट, एन्टीकोफ ट्याब्लेटलगायत विभिन्न कम्पनीका तीन हजार ४९० वटा लागुऔषध ट्याब्लेट र छ वटा मोबाइल बरामद गरेको पनि तुलसीपुर प्रहरी प्रमुख अर्यालले जानकारी दिए।

पक्राउ परेका सुनारविरुद्ध आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077