Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निपा भाइरसको त्रास

    निपा भाइरसको त्रास

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.7K
    SHARES

    कोठमाडौं । कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए।

    ‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ। भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा. अधिकारीले भने। फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ।



    डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ। जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ। भारतको दक्षिणी राज्य कोरलामा एक नर्ससहित १० जनाको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य सचिव राजीव सदानन्दनले बताएका छन्।



    भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १२ पुगेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार