Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

काठमाडौं । महानगरीय परिसर काठमाडौँले करिब १९ लाख नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ।

बुधबार राती प्रहरी प्रभाव काँडाघारीको टोलीले हरहरमहादेवस्थित कमल दाहालको घरबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५०० नगद र ७बुक तास समेत बरामद गरेको जनाएको छ ।

साथै उनीहरूबाट प्रति क्वाइन दश हजार ‘भ्यालु’ रहेका ४० वटा ग्रिन क्वाइन, ५०० भ्यालु भएका ८० वटा रेड क्वाइन र एक हजार भ्यालु भएका १४० वटा ब्ल्यु क्वाइन पनि बरामद गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।

एसएसपी सिंहका अनुसार पक्राउ पर्नेमा केही महिलाहरु पनि रहेका छन्

पक्राउ परेका १३ जनालाई प्रहरी वृत्त बानेश्वमा राखी अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077