Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तालिवानले चिनियाँ साइबर खुफिया भर्ती गरेको खुलासा

    तालिवानले चिनियाँ साइबर खुफिया भर्ती गरेको खुलासा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानका नागरिकलाई नियन्त्रणमा लिन तालिवान सरकारले चिनियाँ साइबर खुफिया भर्ती गरेको खुलासा भएको छ।

    समाचार एजेन्सी मिररका अनुसार तालिवानको अनुरोधमा बेइजिङले उत्कृष्ट सञ्चारविज्ञको समूह काबुल पठाएको हो । चिनियाँ साइबरको समूहले अफगानिस्तानका नागरिकको फोन कल रेकर्ड गर्ने, इन्टरनेट प्रयोगलाई नियमन गर्न सक्ने तथा सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्ने गरी काम थालिसकेको समाचारमा उल्लेख गरिएको छ।



    यस्तै, मिररले अमेरिकी गुप्तचर स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘तालिवानलाई चीनले यसरी बलियो बनाउन चाहेको छ कि उसविरुद्ध सामाजिक सञ्जालमार्फत अहिले  विद्रोह नउठोस्।



    यसअघि तालिवानले नेसनल रेसिस्टेन्स फ्रन्ट, महिला अधिकारवादी कार्यकर्ताहरूले सहानुभूति बटुल्लान् भन्ने भयका कारण प्रदर्शनहरूमा प्रतिबन्ध लगाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार