Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

२९ जनाले गरे १५ वर्षीया बालिकाको बलात्कार, २३ आरोपी पक्राउ

एजेन्सी – भारतमा बलात्कारका घटनाहरु दिनहुँ बढिरहेका छन्। हालै सार्वजनिक एक बलात्कारको घटना शरिर नै सिरिङ्ग हुने किसिमको छ।

महाराष्ट्रको ठाणे जिल्लामा सामूहिक बलात्कारको एक दर्दनाक घटना सार्वजनिक भएको छ। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म २९ जनाले १५ वर्षीया बालिकाको बलात्कार गरेको पाइएको छ।

घटनामा संलग्न बालिकाका साथीले शुरुमा उनलाई बलात्कार गरेर भिडियो बनाएका थिए। त्यसपछि सोही भिडियोमाफर्त ब्लाकमेल गरी उनले आफ्ना साथीहरुबाट पनि बालिकाको बलात्कार गराएका थिए। बुधबार मात्र प्रहरीमा उजुरी आएपछि यस घटनाको पर्दाफास भएको हो।

ठाणे चौकीका अतिरिक्त प्रहरी आयुक्त दत्तात्रेय करालेले मनपाडा प्रहरी स्टेशनमा गएर बालिकाले उजुरी दिएकी बताएका छन्। उनी नौ महिनादेखि बलात्कृत हुँदै आएको उनले जानकारी दिएका छन्।

नौ महिनामा २९ जनाले आफूलाई बलात्कार गरेको किशोरीले बताएकी छिन्। जनवरीदेखि उनी २२ सेप्टेम्बरसम्म भिन्नभिन्न व्यक्तिबाट पटकपटक बलात्कृत भएकी छिन्।

प्रहरीले विशेष अभियानमार्फत घटनामा संलग्नहरुको खोजी शुरु गरेको छ। हालसम्म २३ जना पक्राउ परेका छन्। तीमध्ये केही आरोपीहरु पीडित बालिकाको पहिचानका मान्छेहरु रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका उच्च अधिकारीले नै घटनाको अनुसन्धान जारी राखेका छन्। थप आरोपीहरुको खोजी भइरहेको बताइएको छ। हाल बालिकालाई अस्पताल भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077