Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तिब्बती व्यापारीलाई गैडाको खाग तस्करी गर्ने नाङ्गे तामाङ्ग जेल चलान

चितवन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तिब्बती व्यापारीलाई गैडाको खाग तस्करी गर्ने अभियुक्त नाङ्गे तामाङ्गलाई पक्राउ गरी जेल चलान गरेको छ ।

गत भदौं २३ गते चितवन राष्ट्रिय निकुञ्जको आग्रहमा सीआईबीको टोलीले तामाङ्गलाई  पक्राउ गरेको थियो । पक्राउ परेका तामाङ्ग असोज ५ गते जिल्ला कारागार कार्यालय भरतपुर चलान भएका छन्।

सीआईबीका अनुसार तामाङ्गलाई ०७७ फागुन १८ गते चितवन जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तामाङ्गसहितको टोलीले निकुञ्जको अमल्टारी कार्यालय अन्तर्गत बाँदरझुला पोष्ट क्षेत्रमा २०७६ भदौँ ३१ गते भाले बयस्क गैंडाको खाग काटेको अनुसन्धानबाट खुलेको थियो।

खाग खरीद-विक्री तथा ओसारपसार गरेको मुद्दामा तामाङ्गसहित अन्य १५ जनाहरुको संलग्नता रहेको अनुसन्धानका क्रममा  खुलेको  निकुञ्जले जनाएको थियो ।

अनुसन्धानको सिलसिलामा खुल्न आएकामध्ये ५ जनालाई यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइसकेको र बाँकी १० मध्येका फरार तामाङ्ग अहिले पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077