Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेमा वामदेव गौतमको राजिनामा अस्वीकृत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै नेता गौतमले एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।

तर, गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले स्वीकृत नगरेको गौतमनिकट स्रोतले बताएको छ। राजीनामा दिएपछि पनि एमालेले गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने स्रोतको भनाइ छ।

‘स्वीकृत नभएपछि अस्वीकृत भयो भनेर बुझ्नुपर्छ', स्रोतले भन्यो, 'अब उहाँले कि अर्को पार्टीमा लागेको घोषणा गर्नुपर्यो, त्यसैले उहाँ अझै एमालेमै हुनुहुन्छ भनेर बुझ्नुपर्छ।'

‘म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टी उपाध्यक्ष पद र सवै जिम्मेवारीबाट राजीनामा दिएको छु’ भदौ १८ मा अध्यक्ष ओलीलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077