Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दक्षिण कोरियालाई किमकी बहिनीको जवाफ: दोहोरो चरित्र र शत्रुतापूर्ण नीति कायम राख्ने हो भने कुनै अर्थ छैन

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफूहरु दक्षिण कोरियासँग वार्ता पुनः सुरु गर्न इच्छुक रहेको बताएकी छिन्।

नेता किमका प्रमुख नीति सल्लाहकार समेत रहेकी किम यो जङले दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनलेले युद्ध अन्त्य घोषणाको प्रस्ताव गरेसँगै यस्तो बताएकी हुन्। तर, त्यसअघि दक्षिणले उत्तरसँगको शत्रुतापूर्ण नीति त्याग्नुपर्ने उनको अडान लिएकी छिन्।

समाचार एजेन्सी एनपीआरका अनुसार साताको सुरुमा संयुक्त राष्ट्रसंघ महासभामा राष्ट्रपति मूनले सन् १९५० देखि ५३ सम्मको द्वन्द्वको औपचारिक अन्त्यका लागि उत्तरसँग गरेको आग्रहको जवाफ दिँदै उत्तर कोरियाली नेता किम यो जोङले प्रतिक्रिया दिएकी हुन् ।

जवाफमा उत्तरकी किम यो जङले उक्त प्रस्तावलाई 'सराहनीय विचार' भएको प्रतिक्रिया समेत दिएकी छिन् । तर दक्षिण कोरियाले पहिले नै उसको आफ्नो शत्रुतापूर्ण व्यवहार त्याग्नुपर्ने किमले अडान राखेकी छन् ।

'दक्षिण कोरियाले दोहोरो चरित्र साथै पूर्वाग्रही र शत्रुतापूर्ण नीति अझै कायम राखेर गरेको यस्तो प्रस्तावको कुनै अर्थ छैन,' नेता किमले भनेकी छन्, 'युद्ध अन्त्यको घोषणा गर्नुभन्दा पहिले एकआपसमा पूर्वाग्रही विचार, शत्रुतापूर्ण नीति र दोहोरो चरित्र हटाउनुपर्छ ।'

उत्तर कोरियाले यही महिनामा पहिलो मिसाइल परीक्षण गरेको थियो। त्यसको केही दिनपछि किम यो जोङको बयान आएको थियो, जसलाई केही विशेषज्ञहरुले भनेका थिए कि अमेरिकाको नेतृत्वमा रहेको प्रतिबन्ध रहिरहँदा परमाणु कूटनीति निष्क्रिय रह्यो भने यसले आफ्नो हतियारको हतियारलाई बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077