Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बिहे गर्छु भन्दै डेढ महिनासम्म युवतीको यौन शोषण, बिहेबाट उम्किन खोज्दा प्रहरीको फन्दामा

बर्दिया । बर्दियामा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा । जिल्लाको मधुवन नगरपालिका–१, कुसुम्बा बस्ने २४ वर्षीया सुरेश मगर रहेका छन्।

मगरले १६ वर्षीया युवतीलाई बिहे गर्छु भनी आश्वासन दिएर पटकपटक यौन शोषण गरेको प्रहरीले जानकारी दिएको छ। उनले करिब डेढ महिनासम्म यौनशोषण गरेको पाइएको छ।

किशोरीले आफूमाथि यौन शोषण मात्रै गर्न खोजिएको भनी जबरजस्ती करणीको मुद्दा दर्ता गरे पछि मगरलाई पक्राउ गरिएको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिएका छन्। विवाह गर्छु भन्दै कहिले ललाई फकाई यौन शोषण त कहिले कुटपिट धाक धम्की समेत दिने गरेको पाइएको प्रहरीको भनाइ छ।

विवाह गर्छु भनेर आश्वासन दिएर यौन शोषण गरेपनि बिहेको कुरा गर्दा मगर उम्किन खोजेका थिए। त्यसपछि किशोरी र उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए। हाल घटनाबारे गप अनुसन्धान भइरहेको र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077