Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै लडाकुलाई तालिबानको चेतावनी, ‘सरकारको बदनाम नगर्नु नत्र कडा कारबाही हुन्छ’

एजेन्सी । तालिबानले बिहीबार आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आममाफीको सम्मान गर्न र इस्लामिक इमिरेटको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ।

अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरूलाई सामान्य आममाफीको घोषणा गरिएको र कसैले पनि स्वेच्छाचारी कार्यद्वारा इस्लामिक इमिरेट अफ अफगानिस्तान (आईइए) को बदनाd गर्नु नहुने बताएका छन्।

रक्षा मन्त्रीले आम माफीलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न र जनतालाई दुर्व्यवहार नगर्न आग्रह गरेका हुन्। याकोबले जारी गरेको वक्तव्यमा विभिन्न प्रान्तहरूमा केही तालिवान सदस्यहरूले प्रतिशोध लिएको देखिएको र अघिल्लो सरकारका लागि काम गरेका व्यक्तिहरूको हत्या गरेको उल्लेख गरिएको छ।

विपक्षी, कर्मचारी प्रशासन तथा अफगान नागरिकमाथि कारबाही गर्ने नीति अफगानिस्तानको नरहेको द खामा प्रेस न्युज एजेन्सीले जनाएको छ।

तालिबान लडाकूहरूलाई लक्षित गरिएको सम्बोधनमा उनले, “मानिसहरूसँग राम्रो व्यवहार गर्नुहोस्। आफ्नो मनोमानी कार्यद्वारा अफगानिस्तानको बदनाम नगर्नुहोस्। अनावश्यक फोटो र भिडियोहरू लिन बन्द गर्नुहोस् र आवश्यक नभएसम्म सरकारी कार्यालयमा प्रवेश नगर्नुहोस्।

तालिबान समूहका संस्थापक नेताका छोरासमेत रहेका याकोबले थपे, “तालिबानका केही कमान्डरहरूले अफगान भूमिको विरोधमा रहेका आफ्नो दर्जा विस्तार गर्न गलत मानिसहरूलाई भर्ती गरेका भन्ने रिपोर्ट आएको छ यदि आरोप सही ठहरिएमा दोषीहरूलाई सजाय दिइनेछ।’’

केही तालिवान लडाकूहरू रातिसम्म अघिल्लो सरकारका अधिकारीका घरमा पसेर उनीहरुको हत्या र अपहरण गर्दै आएका बिवायलाई सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077