Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

देशभर विद्युत कटौती हुँदै, कता–कता जान्छ बत्ती ? (सूचि)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारका लागि भन्दै आज देशका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रदेश–१, प्रदेश–२, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहान ७ः३० देखि साँझ ५ सम्म विद्युत कटौती हुँदैछ।

काठमाडौँको कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेका पोल मिलाइने भएकाले दक्षिणकाली नगरपालिका ( खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले) क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।

यस्तै गुल्मी वितरण केन्द्र अन्तर्गत जैसीथोक, इस्मा र वास्तु फिडर अन्तर्गतका क्षेत्रमा बुस कटिङका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने भएको छ।

यस्तै निजगढ वितरण केन्द्र, धादिङको आरूघाट वितरण केन्द्र अन्तर्गतको धादिङवेसीदेखि सल्यानटार फिडर तथा इटहरी वितरण केन्द्र अन्तर्गत पकली फिडर क्षेत्रमा पनि मर्मत सम्भार तथा रुखका हाँगा काट्न विद्युत अवरुद्ध हुने प्राधिरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077