Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इपीएल : ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ भिड्दै, अफिद्री मैदान उत्रने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) शनिबारबाट शुरु हुँदैछ। ईपिएलको उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ भिड्दैछन्। खेल मध्याह्न १२ बजे सुरु हुनेछ। खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताका लागि सबै तयारी पूरा भैसकेको आयोजकले जनाएको छ।

पिच, मैदानको आउटफिल्डदेखि बाउन्ड्री बाहिर डिजिटल बोर्डलगायत आकर्षक बनाइएको छ। ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ।

पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि आजको खेलमा मैदान उत्रँदैछन्। घरेलु क्रिकेटमा खेल्ने अफ्रिदी अहिलेसम्मकै नामी क्रिकेटर हुन्।

प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077