Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अझै एक साता पर्नसक्छ पानी : मौसम विभाग

    अझै एक साता पर्नसक्छ पानी : मौसम विभाग

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जनाएको छ । विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम राकिनुपर्छ । तर, अहिले त्यस्तै अवस्था नभएको भन्दै उनले तत्काल मनसुन बाहिने सम्भावना नभएको पनि बताइन् ।

    यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालिदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मिति तोकिएको छ । त्यसैले अझै एक साता मनसुन सक्रिय रहन सक्ने विभागको भनाई छ ।



    यसपालि नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ ।



    आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार